दफा १६
अध्ययन अनुसन्धानको लागि शव परीक्षण गर्ने अधिकार

(१) क्यान्सर रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका बिरामीले आफ्नो मृत्यु पश्चात आफ्नो शव त्यस्तो रोग सम्बन्धी अध्ययन अनुसन्धानको लागि परीक्षण गर्न पाउने गरी मञ्जुरी दिएमा त्यस्तो मृतकको शव दाह संस्कार गर्नु अघि अस्पतालले सो बमोजिम शव परीक्षण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अध्ययन वा अनुसन्धानको निमित्त मञ्जुरी दिन नपाउँदै अस्पतालमा भर्ना भएको कुनै बिरामीको मृत्यु हुन गएमा त्यस्तो मृतकको शवलाई क्यान्सर रोग सम्बन्धी कुनै अध्ययन वा अनुसन्धानको लागि परीक्षण गर्न अस्पताललाई बाधा पुयाएको मानिने छैन ।

(३) उपदफा (१) बमोजिम शव परीक्षणको लागि मञ्जुरी दिने लिने सम्बन्धी अन्य कार्यविधि तथा शर्तहरू तोकिएबमोजिम हुनेछ ।